Logo

राजनीति

बीपीमा पत्रकारिताको फरक चेत थियो : कमल कोइराला



बीपी कोइरालाका पीता कृष्णप्रसाद स्वयम पत्रकारितामा थिए । एकसय दुई बर्षपहिले ‘जन्मभूमि’ पत्रिकामा कृष्णप्रसादको लेख छापिएको थियो । त्यसबेला वीपीको उमेर आठ बर्षको थियो । वीपीको बृत्तान्त, किताब वा कृतिहरुमा बृत्तान्तहरुमा त्यो कुरा उल्लेख छ । १९१४ मा बीपीको जन्म भयो, १९२२ मा त्यो लेख छापिएको हो । अखबार र किताब पढने कुरामा बीपी गम्भीर हुनुहुन्थ्यो । पत्रकारतिाको अभ्यास बाजेकै पालामा आएको पाइन्छ । बीपी कोइराला पाँच बर्षकै उमेरमा कृष्णप्रसादसँग निर्वासनमा जानुभएको र भारतमा महात्मा गान्धीबाट प्रभावित भएको देखन्छ ।

बीपी कोइरालाको साहित्य पनि पत्रकारिताकै रुपमा लिन सकिन्छ । सारदा मासिक प्रकाशन पत्रकारिता नै थियो । बीपीले गल्ती पनि धेरै गर्नुभएको छ । त्यो सबै यहाँ उल्लेख गर्न नसकिएला । ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर बीपी भन्ने गर्नुहुन्थ्यो ।  विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बन्नुभएका उहाँले व्यक्त गरेका विचारहरुले पत्रकारिताको चेत स्पष्ट हुन्छ ।

पिताजी कृष्णप्रसाददेखि परिवारको पत्रकारितामा योगदान रहेको यहाँ स्पष्ट पार्न चाहन्छु । कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो।  बीपी प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो । किनकी साहित्यिक पत्रिका शारदामा उहाँको योगदानबाट स्पष्ट हुन्छ ।

प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहनुभएका मदनमणि दीक्षितलाई बीपीले सरकारका गलत कामको आलोचना गरेर लेख्नु भन्नुभएको थियो । गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बीपीको विचार थियो । (नेपाल प्रेस युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाबाट व्यक्त मुख्य अंश)

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : ३८ बजे