Logo

मुख्य समाचार

विद्युत प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब नाघ्यो, सम्पत्ति कति ?


२५ श्रावण २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु प्राधिकरणका लागि थप चुनौतिपूणर् रहेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले भने,‘आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूणर् छन् । आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौती हो । उत्पादित विद्युतको वजार व्यवस्थापन दोस्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको छ । चुनौतिहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

उनले प्राधिकरणको आम्दानी एक खर्व १६ अर्व रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्व ११ अर्व रुपैयाँ रहेकामा हाल ६ खर्व ३२ अर्व रुपैयाँ जानकारी पनि दिए ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको र जसबाट प्राधिकरणको सम्पत्तिमा अझ वढोत्तरी हुने देखिएको उनको विश्वास छ ।

‘प्राधिकरणको आम्दानी एक खर्व १६ अर्व रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ वढोत्तरी हुने देखिएको छ । देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ’उनले भने ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे-अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ निर्देशक घिसिङको दाबी छ ।

उनले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुवाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने भन्दै गत आ.व.मा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्व ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ जानकारी दिए ।

सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ५० बजे