Logo

मुख्य समाचार

‘सिटिइभिटीको पाठ्यक्रम पुनरावलोकन र पुर्नसंरचनाका लागि छुट्टाछुट्टै समिति गठन’



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सिटिइभिटीको पाठ्यक्रम पुनरावलोकन र पुर्नसंरचनाका लागि छुट्टाछुट्टै समिति गठन गरिएको बताएकी छन् ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री भट्टाराईले मंगलबार बसेको परिषद्को बैठकले सटिईभिटीको पुर्नसंरचना र पाठ्यक्रम पुनरावलोकन गर्न समिति गठन गरेको जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘हामीले सिटिइभिटीको पुर्नसंरचना गर्न जरुरी छ । हिजो बसेको परिषद्को बैठकले सिटिइभिटीको पुर्नसंरचनाका लागि पाठ्यक्रम पुनरावलोकन गर्ने एउटा समिति र पुर्नसंचनाका अर्को समिति बनाएको छ । पाठ्यक्रम पुनरावलोकन गरि एक महिनामा प्रतिवेदन पेस गर्ने भनेर डा. लेखनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेका छौं ।’

त्यस्तै, त्रिभुवन विश्वविद्यालको उत्तर पुस्तिका हराएको सन्दर्भमा गठिक छानबिन समितिले प्रतिवेदन बुझाएको उल्लेख गर्दै समितिको सिफारिसको आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताइन् ।

‘त्रिभुवन विश्वविद्यालको उत्तर पुस्तिका हराएको सन्दर्भमा अनुसन्धान गरेर कारबाही गर्नुपर्छ भनेर भन्दै आएका छौं । त्यो उत्तर पुस्तिका जसले हरायो उसलाई दण्डित गर्नका लागि दोषि को हो भन्ने कुरा प्रतिवेदनमा उल्लेख भइसकेको छ । त्यसैले विश्वविद्यालयको बैठक बसेर कारबाही गर्ने कुरा समेत म समितिमा जानकारी गराउन चाहान्छु ।’ उनको भनाइ छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ४७ बजे