Logo

मुख्य समाचार

सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन्, कसैलाई छाड्दैन् : प्रधानमन्त्री


२२ श्रावण २०८१, मंगलबार  

115
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन् ।

मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन् । कसैले कसुर गर्‍यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम विकासको गति ल्याउनको लागि हो । त्यसैले यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने कसैप्रति अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने खालको काम पनि गर्दैन् । कसैलेभ्रष्टाचार गर्‍यो भने अनुहार पनि हेरिर्दैन । कोही उम्किन पनि पाउँदैन् ।’

उनले कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको पनि उनले बताए ।

उनले भने,‘करको दर बढाएर, मात्रा र दायरा फराकिलो बनाएर पनि हुँदैन् । कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भन्ने कुरा सरकारले बुझेको छ । तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको छ ।’

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ४ : ०२ बजे