मिति २०८१ श्रावण ७ गते सोमबारको राशिफल
मेष (चु चे चो ला लि लु ले लो अ )
आजको दिन परिवारको पूरै साथ रहनेछ । सन्तान सुख तथा प्रगतिले मन प्रशन्न रहनेछ । विद्यामा सफल भइनेछ । रमाइलो यात्रा हुनेछ । सामाजिक कार्यमा सहभागी भइनेछ ।
वृष ( इ उ ए ओ बा बि बु बे बो )
रिस गर्नेलाई रोक्न सकिदैन । काममा अवरोध सिर्जना हुनेछ । मन थकित र आलस्य हुनेछ । नयाँ काम आज नगर्दा नै ठिक हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।
मिथुन (का कि कु घ ङ छ के को ह )
कार्यक्षेत्रमा नै रमाइनेछ । परिवारसँगको रमझमले मन आनन्दित रहनेछ । आवश्यक नयाँ योजना बनाइएला । आवश्यक ठाउँमा धन खर्च हुनेछ ।
कर्कट ( हि हु हे हो डा डि डु डे डो )
आज स्वास्थको कारणले काम बिग्रनेछ । अरुको स्वागत र खुसीमा समय खर्चिनु पर्नेछ । आयभन्दा व्यय बढी हुनेछ । नकारात्मक विचारले घर जमाउनेछ ।
सिंह ( मा मि मु मे मो टा टि टु टे )
भाग्यले पूरै साथ दिनेछ । आय र व्ययमा सन्तुलन रहनेछ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । मनमा खुशी छाउनेछ । धार्मिक यात्रा हुनेछ । सबैको सहयोग रहनेछ ।
कन्या ( टो प पि पु ष ण ठ पे पो )
कर्म क्षेत्र बलियो रहेको छ । पिताको सल्लाहबाट महत्वपूर्ण काम बन्ने देखिन्छ । मनले चिताएको काम बन्नेछ । घरायसी झमेलाबाट मुक्ति मिल्नेछ । सोचेभन्दा धेरै काम हुनेछ ।
तुला ( र रि रु रे रो ता ति तु ते )
आज धन प्राप्ति हुनेछ । खर्च सही ठाउँमा हुनेछ । यात्रा सुखमय र मनोरञ्जनात्मक बन्नेछ । नयाँ सामान प्राप्त हुनेछ ।
वृश्चिक ( तो ना नि नु ने नो या यि यु )
खर्च अत्याधिक हुनेछ । अचानक टाढाको यात्रा हुनेछ । यात्रा तनावमय नै हुनेछ । सोच बिचार गरेर मात्र काम सुरु गर्नुहोला । सोचेभन्दा बढी परिश्रम र खर्च हुनेछ ।
धनु ( ये यो भा भि भु ध फा ढा भे )
आज अनुकूल समय छ । गरेको काम शुभ र सफल हुनेछ । मन भने चञ्चल हुनेछ । नयाँ सामान खरिद गरिनेछ । यात्रा रमाइलो र सुखद हुनेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )
आजको दिन अनुकूल रहनेछ । कामगर्दा बिचार भने पुर्याउनु पर्नेछ । सोचेभन्दा बढी लाभ हुनेछ । यात्रा पनि सहज नै हुनेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा )
दाजुभाइको सहयोग रहनेछ । आज धन प्राप्ति हुनेछ । काममा बाधा दिनेहरु हट्नेछन् । सोचेभन्दा बढी काम बन्नेछ । पराक्रम बढ्नेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
मिहिनेत र परिश्रमबाट मात्र काम पूरा हुनेछ । आफन्तसँगको यात्रा रमाइलो हुनेछ । धन सम्पत्तिको उचित ठाउँमा खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । जग्गा सम्बन्धि कामले फाइदा दिनेछ ।
प्रतिक्रिया