Logo

Breaking News 1

छवटा प्रदेशमा बिहानैदेखि वर्षा, यी हुन् भारी र धेरै भारी पानी पर्ने प्रदेश



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

अहिले देशभर साधारणतया बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने विभागले जनाएकाे छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै विभागले कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएकाे छ ।

विभागका अनसुार आज राति देशभर साधारणतया बदली रहनेछ छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : १५ बजे