Logo

धर्म / संस्कृति

पशुपतिमा हुने कोटीहोम महायज्ञका लागि ट्याक्सी र्‍याली



काठमाडौं । पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको छ ।

सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ-संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ५६ बजे