Logo

मुख्य समाचार

महाधिवेशनको चटारो: प्रकाशमानले खोले सम्पर्क कार्यालय



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका आकांक्षी प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् ।

आज बिहान सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन्। सिंहले आफू यो महाधिवेशनको स्वत:सभापति उम्मेदवार भएको बताउँदै आएका छन् ।

उनले सकरभर आफूहरुको पक्षबाट सहमतिमा एक जनालाई उम्मेदवार बनाउने पक्षमा आफूहरु लागिरहेको बताएका छन् ।

“सहमतिको उमेदवार बनाउने प्रयास हुँदैछ, हामी मिल्न सकेनौँ भने प्रजातान्त्रिक प्रक्रिया अपनाउने छौँ,” उनले भने ।

आज पनि आफूहरुको चाक्सिबारीमा छलफल हुने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०४ बजे