Logo

Breaking News 1

बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता



काठमाडाैं । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । बेपत्ता र मृत्यु हुने चारै जना मोरङको सुन्दरहरैंचा ५ का हुन् । तर उनीहरूको पहिचान हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बाढीले बगाएका दुई जनालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ५४ बजे