काठमाडौं । आज मिति २०८१ असार ११ गते, मंगलबार २५ जुन २०२४ । आषाढ कृष्णपक्ष, चतुर्थी तिथि । श्रवण नक्षत्र, १६ः४९ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर ।
मेष
महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला।
वृष
मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ।
मिथुन
आस मारेको फल पुनस् प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ।
कर्कट
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ।
सिंह
व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।
कन्या
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।
तुला
मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझाव अप्रिय लाग्नेछ। आफूबाट गलत निर्णय हुनेछ। धोकामा परिएला।
वृश्चिक
सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
धनु
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। बाध्यताका काममा बढी खर्च हुनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्।
मकर
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
कुम्भ
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् ।
मीन
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

                    
                








                    
                    
                    
प्रतिक्रिया