Logo

Breaking News 1

फिफा विश्वकप २०२६ : छनोट खेलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदै छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल सुरु हुने छ ।

नेपाल र यूएईबीच यसअघि यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । फिफा वरीयतामा यूएई ६७औँ स्थानमा छ । नेपाल १७८औँ स्थानमा छ ।

नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ (कप्तान)सहित विशाल सुनार र अभिषेक बराल छन् । यस्तै, डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् ।

यसैगरी, मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् । फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशीक बाबु चौधरी छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ९ : ५१ बजे