Logo

राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले  राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए ।