Logo

पशुपतिनाथमा बुधबार जलहरी राखिने

काठमाडौं । पशुपतिनाथ मन्दिरमा बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी भएको छ । यसअघि पशुपतिनाथमा जलहरी राख्दा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न जलहरी निकालेको थियो । आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच समेत भएको छ । तर यसबारेमा आयोगले अहिलेसम्म आधिकारिक जानकारी दिइसकेको छैन ।