भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बनेका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भई सिजन ४ को उपाधि जितेका उनी भैरहवाका स्थायी बासिन्दा हुन । पढाइका साथसाथै संगीतलाई एउटै रथको दुई पांग्रा जस्तै लगेका उनी तेस्रो प्रयासमा च्याम्पियन बनेका छन् । रुपन्देहीको सिद्धार्थनगर - ३ दरखसवामा बस्दै आएका थापा…