Logo

सेयर कारोबार आज बन्द रहने

काठमाडौं ।  सेयर बजार सोमबार बन्द रहने भएको छ । वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ ।