काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ…