काठमाडौं । नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष रमेश बडालले सरकारप्रतिको आशा निराशामा परिणत हुँदा वैदेशिक रोजगारमा जानेहरु बढेको बताएका छन् । आइतबार काठमाडौंमा महासंघद्वारा आयोजित पत्रकबार सम्मेलनमा बोल्दै उनले तथ्यांक हेर्दा जुन सालमा सरकारप्रति आशा जागेको हुन्छ, त्यो बेला वैदेशिक रोजगारमा जाने प्रवृत्ति घटेको देखिएको र सरकारप्रतिको आशा निराशामा परिणत भएका बेला बेला बढ्ने गरेको…