इटहरी । कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् । तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्तासहित स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन् । विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा…