विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको धरान उपमहानगरपालिका ८ मा स्थापना भएको राधाकृष्ण प्रणामी मन्दिरद्वारा निर्मित धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरेका छन् । शुक्रवार एक समारोहका बिच पौडेलले सो धर्मशाला र साधनालयको उद्घाटन गरेका हुन् । सो समारोहलाई सम्बोधनका क्रममा पौडेलले सबै धर्म तथा सम्प्रदायको लक्ष्य मानव सेवा रहेको उल्लेख गरे ।…