काठमाडौं । वरिष्ठ कानुनविद् एवम् नेपाल सरकारका पूर्व सचिव डा. त्रिलोचन उप्रेतीद्वारा लिखित अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत नामक पुस्तक विमोचन गरिएको छ । मंगलवार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले पुस्तकको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश राउतले मानिसको शरीर सकिने तर कृर्ति अहिले नसिधिने बताएका छन् । उनले भने,‘मानिस…