काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी पीडितलाई महामन्त्री गगन थापाले भेट नदिएको भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले सहकारी पीडितको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताले घुसपैठ र हुलहुज्जत गरेको समेत बताए । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा पुगेका महामन्त्री थापाले सहकारी पीडितहरूलाई भेट्न इन्कार गरेको कुरामा सत्यता नभएको भन्दै…