Logo

ऐना खबर


नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जनता समाजवादी पार्टी नेपाल

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै 

सुर्खेत –  सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमाल चुनावी मैदानमा आमनेसामने उत्रिदै छन्। देशकै ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेतादेखि ‘जेनजी आन्दोलन’मार्फत राष्ट्रिय पहिचान स्थापित गर्न सफल रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ को निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ।  बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस र एमालेले वर्चस्व जमाउँदै आएको यो निर्वाचन क्षेत्रमा २०६४ सालको निर्वाचनमा समेत माओवादीले जित हात पार्न सकेन। यही ऐतिहासिक पृष्ठभूमिमा यसपटक राप्रपाका उम्मेदवार हमालले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिने तयारी गरेका छन् । पटक–पटक निर्वाचित हुँदै आएका पूर्णबहादुर खड्काप्रति सुशासन र विकासका सवालमा अपेक्षित परिणाम नआएको भन्दै मतदातामा असन्तोष देखिन्छ। त्यस्तै, एमालेका उम्मेदवार धुर्वबहादुर शाही पनि निर्वाचित भए तापनि संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाको प्रभाव क्षेत्र सीमित रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यसबीच सुशासन, राष्ट्रियता र जवाफदेहिताको मुद्दामा निरन्तर वकालत गर्दै आएका रवि किरण हमालले विद्रोही स्वभावका नेता रूपमा सुर्खेतमा मात्र होइन, जेनजी आन्दोलनमार्फत राष्ट्रव्यापी पहिचान बनाउन सफल भएका छन्। उनको उम्मेदवारीलाई नयाँ पुस्ताको प्रतिनिधित्व र पुरानो राजनीतिक संस्कारप्रतिको चुनौतीका रूपमा हेरिएको छ। देशभर जस्तै सुर्खेत–१ मा पनि यसपटक नयाँ पुस्तालाई निर्वाचित गर्नुपर्ने जनभावना तीव्र रूपमा बढ्दै गएको देखिन्छ। यही जनआकांक्षा र पुराना राजनीतिक समीकरणबीच सुर्खेत–१ को निर्वाचनले कुन मोड लिन्छ भन्ने चासो बढ्दै गएको छ।

विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि

रौतहटमा तीन दिन ‘माघी महोत्सव’ हुने

रौतहट । आगामी माघे संक्रान्ति (माघी) पर्वको अवसरमा रौतहटको गुजरा नगरपालिका वडा नं. ९, दयालपुरमा

विश्वप्रसिद्ध प्रशिक्षक राठोरले नेपाली उद्यमीलाई प्रशिक्षण दिने

काठमाडौं । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेश प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरुहरुलाई व्यवसाय, नेतृत्व

प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत

काठमाडौं । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।सोमबार बसेको

वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ भएको परिषद्को दाबी

काठमाडौं । रामराज्य परिषद्ले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा

नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर

२८ औँ भूकम्प सुरक्षा दिवस माघ २ गते देशभर मनाइँदै

काठमाडौं । नेपालमा प्रत्येक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस यस वर्ष पनि