Logo

राजनीति

सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल



काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एकीकृत समाजवादी नभएको बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरी उनले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् ।

उनले पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने भनाइ राखे ।

भेटवार्तामा गठबन्धनमा कुनै समस्या नभएकोमा प्रधानमन्त्री प्रचण्ड पनि निश्चिन्त भएको जानकारी दिए । वैकल्पिक गठबन्धनको पक्षमा अध्यक्ष माधव नेपालसहित उच्च नेताहरूले अभिव्यक्ति दिएपछि गठबन्धनमाथि सङ्कट आएको अनुमानबिच उनले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

खनालले अहिले पार्टीको ध्यान सत्तामा भन्दा पनि महाधिवेशनतर्फ रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : ४१ बजे