Logo

गण्डकी प्रदेश

गण्डकीमा राप्रपा तटस्थ बस्ने



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ । आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएकाे हाे ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : १४ बजे