Logo

प्रविधि

डेटा हबलाई यस वर्षको आइसिटी अवार्ड


२१ बैशाख २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो ।

डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो । यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ ।

विगत एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी कम्पनी, ई-कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले गूगल, फेसबुक, अकामाई जस्ता विश्व प्रशिद्ध संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको छ । क्लाउड सर्भिसको लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एति क्लाउड पनि सञ्चालनमा रहेको छ ।

सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मा पनि निरन्तर सेवा प्रवाह गरेको डेटा हबले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूणर् योगदान पुर्याउँदै आएको छ ।

सुरक्षाका लागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटा हबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ भने काठमाडौं र बुटवल र्याकको क्षमता बढाउँदै गएको छ । कम्पनीले ५० जना बढीलाई रोजगारी दिइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ०४ बजे