Logo

मुख्य समाचार

प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुन्छ : संचारमन्त्री


२१ बैशाख २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पनि प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको भन्दै अब पनि बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताईन् ।

उनले भनिन्,‘राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको छ । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बद्लिएको व्यवस्था अनुकुल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न अझै पनि आवश्यक छ ।’

उनले वर्तमान सरकारले अगाडि बढाएको सुशासनको प्रवर्धनमा नेपालको पत्रकारिता क्षेत्रले पु¥याएको योगदान प्रसंशनीय रहेको बताइन् । प्रेस स्वतन्त्रलाई थप सुनिश्चीत गर्नेगरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुरावलोकनको काम भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ०७ बजे