काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्नेछ ।
आजकाे बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गर्नेछ । वैशाख १५ गते इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।
साथै बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया