Logo

मुख्य समाचार

सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्छ : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कति वर्षमा देशभित्र रोजगारी सिर्जना गर्नसक्ने भन्ने बारेमा सरकारले स्पष्ट खाका तयार पार्न आवश्यक रहेको बताए । विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरूलाई देशमै रोजगारी दिइ फिर्ता गर्नसक्ने अवस्था कहिले बनाउने ? भन्दै प्रश्न गरे ।

यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शून्य हुने मुलुकमा नेपाल पर्ने उनको भनाइ छ । श्रमिकहरूको पक्षमा ठोस र ऐतिहासिक निर्णय गर्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : १८ बजे