Logo

Breaking News 1

रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत



काठमाडाैं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत पनि नल्याएपछि उनको जमानत जफत भएको हो ।

शनिबार सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक थियो । चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मतमात्रै पाएका छन् । यससँगै उनको धरौटी जफत हुने भएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ०३ बजे