Logo

राजनीति

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताएका हुन् ।

अर्थ, योजनाविज्ञले विकासका समस्या पहिचान गरी त्यसलाई पहिल्याउन नसकेको उनको ठहर छ । हचुवापाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेकामा उनले जोड दिए । उनले समस्याको पहिचान गर्ने, अनुसन्धानमा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताए । ‘गेम चेन्जिङ प्रोजेक्ट’को छनोट गर्न नसकिएको उनको भनाइ थियो ।

उनले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताए । सिँचाइको राम्रो व्यवस्था, मलको पर्याप्त बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको उनले औँल्याए । उनले निर्यात प्रवर्द्धन, राजस्व वृद्धि गर्ने विषयमा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : ५० बजे