Logo

मुख्य समाचार

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमण आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ४७ बजे