Logo

गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट मल्ल र सुवेदीको संयुक्त इजलासमा



काठमाडौं। गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ ।

गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए ।

रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित सभामुख कृष्ण धिताललाई समेत जोडेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्रीमा नियुक्ति दिएका थिए।

प्रदेश प्रमुखको सो निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् । रिटमा पाण्डेले अधिकारीलाई पदच्यूत गराई आफैलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १० : ५७ बजे