Logo

मुख्य समाचार

तल्लो तटीय क्षेत्रका बासिन्दा सतर्क रहनु : गृह मन्त्रालय



काठमाडौँ । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठुलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् ।

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । ‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ’, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १२ : ५० बजे