Logo

समाचार

सिन्धुपाल्चोक दुर्घटना: मृतक तीनै जनाको सनाखत



सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ।

शुक्रबार बिहान साढे ७ बजे भएको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईका अनुसार मृतक तीनै जना दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ का छन्।

मृतक १९ वर्षीय दिपेन्द्र थामी, १८ वर्षीय शिव श्रेष्ठ र ७० वर्षीय मानबहादुर थामी छन्। मृतक तीनै जनाको शव पोष्टमर्टमको लागि दोलखास्थित जिल्ला अस्पताल लग्ने तयारी गरिरहेको छ।

५२ जना बोकेको बस भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन हिँडेको थियो।

त्यसैबीच बस तौथली नजिकै धारावतीमा पुगेर सडकबाट करिब एक सय मिटर तल खसेको हो।

दुर्घटनामा परेका ८ जनाको अवस्था मध्ययम छ। अन्य सबै जना सामान्य छन्।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : १६ बजे