Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेदेखि



पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेलाई बोलाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेलाई अधिवेशन आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद् मंगलबार बसेको बैठकले अधिवेशन आह्वान लागि प्रदेश प्रमुख भट्टलाई सिफारिस गरेको थियो ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि यो अधिवेशन बोलाइएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ४६ बजे