Logo

खेलकुद

हङकङलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौँ । नेपाल एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हङ्कङविरुद्ध जितका लागि पाएको एक सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो ।

यससंगै नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा गुगेको हो ।

यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : २० बजे