Logo

मुख्य समाचार

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ । 

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको हाे । महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ । उक्त बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ ।

बैठकमा नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : ०२ बजे