Logo

लुम्बिनी प्रदेश

सङ्घीयता नै खारेज हुने खतरा छ : निवर्तमान मुख्यमन्त्री चौधरी


३० चैत्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौँ । निवर्तमान मुख्यमन्त्री एवम् लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्घीयताको पक्षमा नरहेको आरोप लगाएका छन् ।

शुक्रबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मतसम्बन्धी पेस गरेको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले सङ्घीयता कार्यान्वयनमा प्रचण्ड नभएको आरोप लगाएका हुन् ।

प्रदेश प्रमुखले आफू अनुकूल काम गर्दा प्रदेश नै खारेज हुने खतरा रहेको उनले औँल्याए । ‘अहिले सङ्घीयता रहन्छ कि रहँदैन ? संविधान बचाउन सक्छ कि सक्दैनौँ ? यही प्रदेशसभा अन्तिम हो कि ? कुर्सी खाली भएर सङ्घीयता नै खारेज हुने त होइन ? कता–कता मलाई डर लागेको छ’, सङ्घीयतामाथि प्रश्न उठाउँदै उनले भने ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : ०७ बजे