Logo

गण्डकी प्रदेश

भाग पुर्‍याउन गण्डकीमा फुटाइयो मन्त्रालय



काठमाडौं । गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय बढाइएको छ ।

गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पु¥याएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

उनका अनुसार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  २ : ५९ बजे