Logo

समाचार

एनसेलको टावरमा बम विस्फोट



काठमाडौं । एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले पुष्टि गरे ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको उनले जानकारी दिए ।

उनका अनुसार विस्फोट भएको स्थलमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ ।यसअघि २ चैतमा सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : ३० बजे