Logo

गण्डकी प्रदेश

गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश, खगराज आजैदेखि कामचलाऊ मुख्यमन्त्री



काठमाडौं । काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका खगराज अधिकारी चार दिनमै कामचलाऊ भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजालसले गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिटमा अन्तरिम आदेश जारी गरिदिएको हो । 

अन्तरिम आदेशमा मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न/नगराउन भनिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : २० बजे