Logo

समाचार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित 



काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको छ ।

नेपाली कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन राख्दै संसद अवरोध गर्दै आएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक सुशिला थिङले संसदीय दलको निर्णयलाई कांग्रेसले कायम राख्ने उल्लेख गरिन् । कांग्रेसले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमीरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

मंगलबार ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्काल हुनुपर्ने मागलाई स्वीकृत गरेरै आफ्नो अडान कायम राखेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : २३ बजे