काठमाडाैं । कैलालीमा एकैघरका दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
प्रतिक्रिया