Logo

Breaking News 1

सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँ



काठमाडौं । सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको भाउ १०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : २२ बजे