काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
नयाँ बानेश्वरको लोत्सहलमा जारी संसदीय दलको बैठककैबीच थापा र सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबिच संसद् बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधका बाबजुद सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछानेले विधेयक पेश गर्ने तयारी गरेपछि कांग्रेसले सदन अवराेध गर्ने बताएकाे थियाे ।
प्रतिक्रिया