काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्रको पुनःस्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्न लागेको हो ।
मध्यान्ह साढे ११ बजे भृकुटीमण्डपमा जम्मा हुने र त््यसपछि प्रदर्शन सुरु हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डपमा जम्मा भएर काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्ने र जनसभा गर्ने कार्यक्रम रहेको छ ।
आजको विरोधमा देशभरिबाट ५० हजारभन्दा बढी मानिसहरु सडकमा उत्रिने राप्रपाले जनाएको छ । विभिन्न ४० बुँदे मागपत्र राखेको राप्रपाले जिल्लास्तरदेखि निरन्तर विरोधका कार्यक्रम गर्दै पार्टीको केन्द्रीयस्तरको विरोध कार्यक्रम आयोजना गरेको हो ।
प्रतिक्रिया