Logo

समाचार

माक्र्सवाद अरु विचारभन्दा अग्रगामी छ : नेता ज्ञवाली



काठमाडौं । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले माक्र्सवाद अरु विचारभन्दा अग्रगामी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘ब्रम्हवाद, शुन्यवाद र मार्कसवाद’ पुस्तकको विमोचन कार्यक्रममा उनले माक्र्सवादी विचारले समाज बदल्नुपर्छ, व्यक्ति मात्रै राम्रो भएर वा एउटा शासक मात्र राम्रो भएर समाज परिवर्तन नहुने उल्लेख गरेको बताए ।

पुस्तकका बारेमा चर्चा गर्दै नेता ज्ञवालीले तुल्सीलालले नेपाली समाजलाई धेरै नै गहिरो गरि प्रभाव पारेका चिन्तन धाराहरु जसरी संयोजन गरेर विश्लेषण गरिएको बताउ ।

‘विभिन्न धारामा प्रभावित भएका व्यक्तिहरुलाई पनि नेपाली समाजको सकारात्मक रुपान्तरणमा कसरी लगाउन सकिन्छ । भन्ने कुरालाई आन्दोलनसँग जोडेर पनि यो पुस्तकमा उल्लेख गरिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ५९ बजे