Logo

मुख्य समाचार

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : नेता महतो



काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे ।

उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।

नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : १९ बजे