Logo

समाचार

पूर्वमन्त्री अब्दुल खान चढेको जिप दुर्घटना



काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा परेर खान सामान्य घाइते भएका छन् । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका खान निजी सचिवालयका सदस्यहरुसहित बर्दिया जाँदै थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ५४ बजे