Logo

मुख्य समाचार

सहकारी ठगीमा हाम्रो अडान कायम छ, मन्त्री बोल्नुको तुक छैन : नेपाली कांग्रेस



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए ।

संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाइ छ । उनका अनुसार संसदीय दलको बैठकले संसद्‌मा आएका महत्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउने छ ।

बजेटको सेसन, संसदीय समितिमा रहेका विधेयकमाथि प्रभावकारी ढंगले कांग्रेसले भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल हुने लेखकले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ११ : ३२ बजे